सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

0 206

सुर्खेत। सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटना वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक आज भएको हो ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका वीरेन्द्रनगर–७ का ५० वर्षीय टिका सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनारलाई घण्टाघरदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४७६१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको जनाएको छ । फाइल फोटो

You might also like
Loading...