ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0 156

ओखलढुङ्गा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज क. निर्मलले अधिवेशन तथा प्रशिक्षण कार्यक्रमकको उद्घाटन गर्दै प्रशिक्षणमूलक मन्तब्यसहित पार्टीको नीति तथा आगामी कार्यक्रमहरुको विषयमा प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रमका अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले पार्टी एकताको अनुभुती तथा पार्टी केन्द्रीय योजनाको स्पिरिटसहित प्रदेशको सापेक्षतामा योजना कार्यान्वयन गर्न योजनाप्रतिको बुझाइमा एकरुपता ल्याउनु पर्ने र कामकारबाहीमा एकता कायम गर्दै एउटा गतिमा अगाडि बढ्नुपर्ने धारणसमेत राख्नु भएको थियो । साथै, केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संगठन समितिका सह–संयोजक नरेश एवम् केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पर्वत लगाएतले प्रशिक्षण तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सोलुखुम्बु जिल्ला संगठन समितिका सह–संयोजक तेन्जिङको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको अध्यक्षता ओखलढुङ्गा जिल्ला संगठन समितिका संयोजक निमाणले गर्नुभएको थियो भने कार्यक्रम संचालन ओखलढुङ्गा जिल्ला संगठन समितिका सह–संयोजक रविनले गर्नुभएको थियो ।

You might also like
Loading...