क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको खोटाङ जिल्ला एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0 214

खोटाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । अधिवेशनले सुनिलको नेतृत्वमा ११ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ ।

अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेशका संयोजक क. सङ्कुलले प्रशिक्षणमूलक मन्तब्यसहित पार्टी केन्द्रको भाव संप्रेषण गर्नुभयो । वहाँले पार्टीको नीति तथा आगामी कार्यक्रमहरुको विषयमा समेत प्रस्ट पार्नुभयो ।

कार्यक्रमका अतिथिहरु पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संगठन समितिका सह–संयोजक नरेश, केन्द्रीय सल्लाहकार सदस्य देवी लगाएतले एकताको अनुभूति तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता सुनिलले गर्नुभएको थियो भने अन्तमा, स्थानीयस्तरमा अधिवेशन तथा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै संगठन र संघर्ष सम्बन्धी महत्वपूर्ण निर्णयहरु सहित सानदार रुपमा अधिवेशन सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ ।

You might also like
Loading...