बर्दियामा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको संगठन विस्तार

0 377

बर्दिया । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको संगठन निर्माण भएको छ । सोमबार बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ४ , शान्तिनगरमा उक्त संगठन विस्तार भएको हो ।

सिमा चौधरीको अध्यक्षतामा २८ सदस्यीय कमिटी गठन गरेको छ । जसमा सदस्यहरु अनिता थारु,रुन्ची थारु,रामकुमारी थारु लगाएत रहनु भएको छ ।

जवसम्म दलाल राज्य सत्ता, संसदीय व्यवस्था पूर्णरूपमा ध्वस्त गरी विकल्पमा संघिय जनगणतन्त्रको स्थापना नगरे सम्म भूमिहिन तथा सुकुम्बासी समस्या समाधान हुन नसक्ने ठहर गर्दै उक्त संगठनमा आबद्ध भएको नवनिर्वाचित कमिटीले बताएको छ।

उहाँहरुले जवसम्म सामन्ती भू-स्वामित्व र पुजीवादी उत्पादन सम्बन्धलाई समाजबाट बिच्छेदन गर्न सकिदैन तबसम्म वास्तविक रुपमा सुकुम्बासी समस्या हल हुन नसक्ने ठुकुवा गर्नु भएको छ ।

You might also like
Loading...