भेरी अस्पतालका ७३ जना कर्मचारीमा कोरोना संक्रमण

0 486

बाँके । नेपालगन्ज स्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोभिड-१९ को दोश्रो लहरसँगै यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको छ ।

बैशाख १ गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा महिला ४४ (६०.३%), पुरुष २७ (३९.७%) रहेका छन् ।

त्यसैगरी कार्यविभाजन अनुसार – नर्सिङ कर्मचारीहरु – ३३ (४५.२%),सहायक कर्मचारीहरु (क्लिनर, हेल्पर आदि) – २२ (३० %),चिकित्सक – ८ (११%), प्यारामेडिक्स (HA/अहेव) – ८ (११ %), प्रशासन सम्बद्ध – २ (२.७%) रहेका छन ।

आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिनुहुने अस्पतालका सबै कर्मचारीलाई प्रोत्साहन स्वरूप सरकारले राहत प्याकेज ल्याउन जरुरी छ ।

You might also like
Loading...