देश र जनताको लागि पात्र फेरेर हुँदैन, व्यवस्था फेर्नुु पर्छ: नेता शर्मा

0 392

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी ) ३ नं प्रदेशकाे आयाेजनामा गरिएकाे विराेध प्रदर्शन भव्य रुपमा सम्पन्न गरेकाे हाे । विराेध कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिटब्युराे सदस्य तथा ३ नंं प्रदेशका इन्चार्ज दिनेश शर्मा सागरले मुलुकमा उत्पन्न संकटकाे समाधानका लागि संघीय जनगणतन्त्र स्थापना अनिवार्य रहेकाे कुरामा जाेड दिनुभयाे । उहाँले संसदकाे पुनर्स्थापनाबाट राष्ट्रिय स्वाधीनता, जनअधिकार तथा जनजीविकाका समस्याहरु समाधान नहुने भन्दै ओलीकाे ठाउँमा देउवा प्रधानमन्त्री बने पनि राष्ट्र र जनसर्वसाधारणलाई कुनशे फरक नपर्ने विचार व्यक्त गर्नुभयाे ।

संसदीय शासकहरुले पटक पटक राष्ट्रघात र जनघात गरेकाे भन्दै विगतमा जनघात र राष्ट्रघात गर्नेहरुमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाकाे नाम पनि अग्रपंक्तिमा रहेकाे बताउनु भयाे । पात्र हाेइन व्यवस्था फेर्नुपर्नेमा उहाँलेले जाेड दिनुभयाे ।
विराेध कार्यक्रकाे सञ्चालन पार्टीका पीवीएम तथा देशभक्त जनगणतान्त्रिक माेर्चाका ३ नं प्रदेशका अध्यक्ष पवनमा श्रेष्ठले गर्नुभएकाे थियाे ।
कार्यक्रममा सरकारले गरेका जनघात र राष्ट्रघातका विरुद्ध चर्काे नाराबाजी गरिएकाे थियाे ।

You might also like
Loading...