एम.सी.सी खारेजीको माग गर्दै भाद्र ३१ गते नेपालगन्जमा संयुक्त बिरोध कार्यक्रम हुँदै

0 404

बाँके । बाईस दलीय गठबन्धन आबद्व दलहरुले नेपालगन्जमा एम.सी.सी परियोजना विरुद्ध संयुक्त जनप्रदर्शन सहित विरोध सभाको तयारी गरेका छन । उक्त गठबन्धनले एम.सी.सी रास्ट्रघाती रहेको ठहर गर्दै भाद्र ३१ गते नेपालगन्जमा संयुक्त बिरोध कार्यक्रम गर्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

हाल देशभरि भइरहेको एम.सी.सी सम्झौता विरुद्धको विरोध प्रदर्शनलाई एक्यवद्धता जनाउँदै,सिमा अतिक्रमण,काला बजारी,महंगी,भ्रष्टाचार,तस्करी रोक्न तथा जनजीविकाका सवालहरुलाई लिएर विरोध प्रदर्शन गर्ने उनीहरूले जनाएका छन।

मोर्चा संबद्ध ८ दलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी हुन सम्पूर्ण उद्योगी,व्यापारी,बुद्धिजीवी,कर्मचारी,पत्रकार,किसान,मजदुर तथा आमजनसमुदायलाई अपिल गरेका छन ।

नेकपा मसाल बाँकेका प्रतिनिधि – जगदीश ढकाल, नेकपा(क्रान्तिकारी माओवादी)बाँकेका सचिव चट्याङ मास्टर, बिप्लव नेकपा बाँकेका सेक्रेटरी अनिल, नेकपा माअोवादी केन्द्र समाजवादी बाँकेका इन्चार्ज शालिकराम पाठक (सर्वजित),राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटा,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बाँकेको अध्यक्ष लक्ष्मी चौलागाईं,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी मेघराज सुनार,साझा विवेकशील पार्टी बाँकेका संयोजक प्रेम केसीले जारी गरेको विज्ञप्तिमा रास्ट्रिय स्वाधीनताको रक्षाको सङघर्स सम्पुर्ण देशभक्तहरुको साझा कार्यसुचि बन्न पुगेको जनाइएको छ ।

You might also like
Loading...