दुर्लभ बन्यजन्तुको छाला तस्करी बढ्दै

0 144

काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न दुर्लभ वन्यजन्तुहरुको तस्करी बढिरहेको छ । यसमा सम्बन्धित निकाय र राज्य संयन्त्र चुकी रहेको छ । यस्ता अपराधिक घटना नियन्त्रण गर्न सरकारले लिनुपर्ने पहल कदमी नलिदा र सम्बन्धीत निकायको लापरबाहीका कारण दिनहँु वन्यजन्तुको ओसारपसार भईरहेको छ ।

काठमाडौं महानगरपालिका ९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका(३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका(२ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका(३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका(२ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका(३ बस्ने चितवन राप्ती नगरपालिका(१ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।

काठमाडौं महानगरपालिका ९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छाला सहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

You might also like
Loading...