बर्दियामा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध संयुक्त बिरोध प्रदर्शन

0 311

बर्दिया । हिउँदे बर्षाका बापजुद पनि नेकपा(क्रान्तिकारी माओवादी) सहित विभिन्न राजनैतिक दलहरुले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध संयुक्त बिरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरेका छन ।

आज बर्दियाको सदरमुकाम गुलरीयाको राधाकृष्ण चोकमा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्धमा संयुक्त बिरोध प्रदर्शन कार्यक्रम भएको हो । उक्त कोण सभाको संचालन क.शक्तिले गर्नु भएको थियो भने सो कार्यक्रमलाई सम्बोधन नेकपा(क्रान्तिकारी माओवादी) पार्टीका पिवीएम तथा लुम्बिनी प्रदेश सचिव एवं कार्यक्रमका प्रमुख वक्ता भुपेन्द्र न्यौपानेले गर्नुभएको थियो ।

सम्बोधनको क्रममा नेता न्यौपानेले राष्ट्रिय स्वाधीनताको सवालमा देश एकताबद्ध भएर विदेशी शक्तिसंग जुध्नु पर्ने वेला देशका राष्ट्रघाती शासकहरुले देशलाई विभाजनको दिशातिर लिएको बताउनु भयो । साथै एमसीसीका पक्षधरहरु एउटा कित्तामा उभिएका छन भने विदेशी शक्तिहरुको विरुद्धमा क्रान्तिकारी देशभक्तहरु उभिएका छन । यी दुई कित्ता बीचको आजको लडाई नयाँ उत्कर्षमा पुगेर राष्ट्रिय मुक्ति युद्धको रुपमा विकास हुनेछ । तबमात्र एमसीसी जस्ता असमान सन्धि सम्झौता खारेज हुने कुरा पनि उहाँले जिकिर गर्नुभयो ।

साथै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पास गराउने कुरा देउवा सरकारको देश र जनता माथिको सांघातिक आक्रमण हो । यसको सामना देशभक्तहरुले सडक आन्दोलनबाट निषेध गर्ने कुरा उहाँले ठोकुवा गर्नु भयो । देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने आन्दोलन एउटा तार्किक निस्कर्षमा पुग्ने कुरा पनि उहाँले राख्नु भयो ।

त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष विक्रम भण्डारी, नेकपा मालेका जिल्ला अध्यक्ष रमेश कुमार शर्मा, नेकपा(विप्लव)का नेता हिम शिखरले पनि मन्तव्य राख्नु भएको थियो ।

You might also like
Loading...