समाजसेवी रावलद्वारा काम गर्ने क्रममा ४ तलाबाट खसेर घाइते भएकालाई आर्थिक सहयाेग

0 435

बर्दिया । समाजसेवी विनय रावलले काठमाडौंमा काम गर्ने क्रममा ४ तलाबाट खसेर घाइते भएकालाई आर्थिक सहयाेग गर्नुभएको छ ।

आइतबार रावलले एक कार्यक्रमकाबीच उक्त रकम रु २०.०००/-(बीस हजार) नगद सहयाेग गर्नु भएको हो ।

जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.६ बकुवा बस्ने हरि थारूकाे छाेरा बिवेक थारू काठमाडौंमा घर निर्माणकाे लेबर काम गर्ने क्रममा ४ तलाबाट खसेर दुई वटा खुट्टा र १ वटा हात भाच्चियकाे हुँदा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंकाे ICU वेड नं.२०५ , एक नम्वर भवनमा ओैषधि उपचार गराईरहेकाे र निजकाे आर्थिक अवस्था अत्यन्तै कम्जाेर रहेकाेले निजकाे स्वास्थ्य उपचार र दैनिक सहजताका लागि सहयोग गर्नु भएको छ ।

साथै दुर्घटनामा परि बिरामी रहेका बिवेक थारूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै ! आगामि दिनहरूमा समेत थप सहयाेगकाे लागि प्रतिवद्वता ब्यक्त गर्नुभएको छ ।

You might also like
Loading...