बर्दियामा नेकपा (क्रान्तिकारी माअोवादी)मा सच्चा कम्युनिस्टहरु धुव्रीकृत

0 367

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा (क्रान्तिकारी माअोवादी)मा धुव्रीकरण भएका छन् ।   राजापुर नगरपालिकाको नगर कमिटीले आइतबार राखेको पार्टी प्रवेश कार्यक्रममा उनिहरु संगठित भएका हुन ।

नव प्रवेशी नेता कार्यकर्तालाई पार्टीका पिविएम तथा बाँके- बर्दिया इन्चार्ज संकुलले स्वागत गर्दै तत्कालीन अवस्थाको राजनैतिक समसामयिक विषय वस्तु सम्बन्धि प्रशिक्षण दिनु भएको छ ।

प्रत्येक स्थानीय तहसम्म तीव्ररुपमा संगठन विस्तार भइरहेको पार्टीका जिल्ला सचिव विपिन रोकायले जानकारी दिनु भएको छ ।

ध्रुवीकरणको प्रक्रियाबाट आज राजापुर न.पा.वडा नं.७ मा पार्टीको पाँच सदस्यीय सेल कमिटी र नौ सदस्यीय नेपाल दलित मुक्ति मोर्चाको वडा स्तरीय समिति गठन भएको छ।

उक्त पार्टीको सेल कमिटीमा सचिवमा अचुक,सदस्यहरू साहसी ,विवेक ,सफल र जनक रहनु भएको छ । त्यसैगरी नेपाल दलित मुक्ति मोर्चाको वडा स्तरीय समितिमा संयोजकमा दिपक बिक,सदस्यहरुमा अमर परियार ‘क’,अमर परियार’ख’,प्रकाश कामी,सुरेन्द्र परियार ,समीर परियार ,ज्ञानेन्द्र परियार ,सुरेश परियार,जीवन परियार रहनु भएको छ।

You might also like
Loading...