एमसीसीका विरुद्ध आठ दलद्धारा जनसंघर्षको घोषणा: सिडिओ कार्यालय देखि संसद भवन घेराउ गरिने

0 358

बर्दिया। राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि फागुन ८ गते थप हस्तक्षेपकारी संघर्षको घोषणा गरेका छन् । देउवा सरकारले एमसीसी सम्झौता संसदमा टेवल गर्ने तयारी गरेपछि आठ दलले थप हस्तक्षेपकारी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

अमेरिकाको निरन्तर धम्कीपूर्ण दबाब, चीनको प्रतिक्रिया र देउवा सरकारको एमसीसी टेवल गर्ने तयारीले एमसीसी विरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निस्कर्ष निकाल्दै आठ दलले आन्दोलनलाई थप उच्चस्तरमा सशक्त बनाउने र व्यापक बनाउने गरी संघर्षको कार्यक्रम घोषणा गरेको शनिबार साँझ जारी वक्तव्यमा जनाइएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपाका महासचिव विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुति र नेकपा (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीको संयुक्त हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा घोषित जनसंघर्षका कार्यक्रममा व्यापक सहभागिता र उच्च सफलताका लागि एमसीसीका विरुद्ध संघर्षरत सबै शक्ति र जनसमुदायमा हार्दिक अपिल गरिएको छ ।

काठमाण्डौ उपत्यकामा १२ बजे माइतिघर मण्डलाबाट जम्मा भई विरोध प्रदर्शन सहित नयाँ बानेश्वर स्थित संसद भवन घेराउ गर्ने र देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने वक्तव्यमा जनाइएको छ ।

You might also like
Loading...