बाँकेमा प्रस्तावित शिक्षा विधेयकविरुद्ध अनेरास्ववियु क्रान्तिकारीको मसाल जुलुस प्रदर्शन

0 277

बाँके  । मोहन वैद्य “किरण”नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध मसाल जूलूस  प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारीले आज बाँके जिल्लामा प्रस्तावित शिक्षा विधेयकविरुद्ध  मसाल जूलूस प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले संसद्‌मा दर्ता भएको उक्त विधेयक जनविरोधी भएको बताएका छन्। शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्न माग गरेका छन्।

उनीहरुले प्रदर्शनका क्रममा ‘पश्चगामी तथा जनविरोधी शिक्षा विधेयक खारेज गर, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, ए सरकार ! निशुल्क र सर्बसुलभ शिक्षा -लागू गर
निजी शिक्षा लाई – राष्ट्रियकरण गर
दलाल पुजीवादी  शिक्षाकाे अन्त्य गराै
अखिल (क्रान्तिकारी ) जिन्दावाद ।
दलाल संसदीय व्यवस्था मुर्दावाद आदि नाराहरु लगाउदै नेपालगन्जको बि. पि. चोक देखि मसाल जूलूस गर्दै धोम्बोजी चोकमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजकले उक्त कोणसभाको सम्बोधन गर्नुभएको थियो ।

उहाँले  निजि शिक्षाको मालिककाे ईसारामा दलाल सरकार नाचिरहेकाे छ। संविधान बाट प्राप्त अधिकारकाे लागू र रक्षा गर्नुभन्दा संविधान बिपरित राज्य स्वंयमले गरेका कर्तुतले याे व्यवस्था जनताको व्यवस्था नभएको र एकाध दलालहरुकाे भएको प्रष्ट रहेको बताउनु भयाे।

शिक्षा बिधेयक खारेज नगरेसम्म निरन्तर सडकमा माेर्चा कसेर लड्ने बताउनु भयाे।शिक्षा लाई शैक्षिक माफियाहरुले मुख्य व्यापार बनाईरहेकाे बेला निजी शिक्षाको अन्त्य गरि यसलाई राष्ट्रियकरण गर्नुकाे साटाे यसलाई प्राेत्सान गर्नु नै राज्यले निजी शिक्षामा लुटपाट गर भनी लाईसेन्स दिनु हाे।यसको बिरुद्ध अखिल क्रान्तिका सधै लडिरहने बताए ।

सहभागिता  अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य  तथा बाँके जिल्ला सह- संयोजक क.तपेन्द्र न्यौपाने अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला सचिवालय सदस्य भीषण शाही, क.सुवास यादव, क.सबिना चौधरी क. महेन्द्र न्यौपाने लगाएतको सहभागी थियोे ।

You might also like
Loading...