डबल नेकपा गंभीर राष्ट्रघातको तयारीमा: नेकपा क्रान्तिकारी माअोवादीद्वारा ध्यानाकर्षण
बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. किरणले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी भइरहेको बताउनु भएको छ ।
उहाँले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो बताउनु भएको हो ।
नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले नेकपा क्रान्तिकारी माअोवादीले गंभीर ध्यानाकर्षण गरेको छ ।
यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ ।
त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष भएको उक्त वक्तव्यमा उल्लेख गरेको छ ।
नेकपा क्रान्तिकारी माअोवादीले यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन प्रेस वक्तव्य मार्फत अपील गरेको छ ।