बर्दियामा नेपाल विद्युत प्राधिकरणका कर्मचारीको ठगी धन्दा: यसरी खुल्यो रहस्य
बर्दिया । नेपाल विद्युत प्राधिकरण भुरिगाउँ वितरण केन्द्रका कर्मचारी र स्थानीय व्यापारी मिलेर उपभोक्ताहरुलाई भ्रममा पारी ठगि गरिरहेको पाईएको छ ।
बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारा लगाएत ठाउँका स्थानीयलाई मिटर जडान तथा मिटर ठाउँ सारी गर्ने कार्यमा ठगी गरिएको पाइएको हो ।
प्राधिकरणका कर्मचारी चुलिराम चौधरी (मिटर रिडर) र सोही ठाँउमा रहेको कडेल विजुली भण्डारका मालिकको मिलेमतोमा अनैतिक तवरले बिना बिलको रकम असुली गरी त्यहाँका जनतालाई ठगिएको छ ।
कडेल विजुली भण्डारका मालिकले जनपथ खबरका रिपोर्टरसंग कुरा गर्दै:-“मिटर मेरो पसलमा आउँछ अनि हामी मिलेर जडान गर्छौ र मिटर जडान गरे बापत रकम पनि लिन्छौं भनी स्वीकारेका छन ।”
विद्युत प्राधिकरणका अनुसार मिटर बक्स जोड्दा कुनै पनि उपभोक्ताले जडान शुल्क तिर्नु नपर्ने र कर्मचारीको सम्पूर्ण खर्च प्राधिकरणले गर्नुपर्ने नियम रहेको छ । साथै नियम विपरित उपभोक्तहरुबाट कुनै पनि शुल्क लिन नपाइने यदि कसैले लिएको पाइएमा ठगी अर्थात् भ्रष्टाचार गरेको पुष्टि हुन्छ । यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय जनताको माग रहेको छ।(फाईल फोटो )