सरकार महामारीबाट ज्यान गुमाउनेको संख्या गन्दैमा व्यस्त: भट्ट

0 476

– धर्मानन्द भट्ट @गजल

मान्छेहरू मरेका छन लगातार के गर्न सकिन्छ?
संख्या गनेर बसेको छ सरकार के गर्न सकिन्छ?

ज्याला मजदुरी गर्ने मान्छे अब भोकले मर्नेछ्न,
दलालहरूको हातमा छ बजार के गर्न सकिन्छ?

गरिबको दैनिकी बारे सोच्ने फुर्सद कहाँ छ यहाँ,
चम्किएकै छन महाराज दरवार के गर्न सकिन्छ?

जति हल्ला गर सुनिदैन ठुला बडाको दरवारमा,
जहाँ सुतेको छ मुख्य चौकिदार के गर्न सकिन्छ?

मान्छे मात्रै मरेका होइनन तिम्रा भोट पनि त घटे,
भनेकै छौ आउदैन मौका बारबर के गर्न सकिन्छ?

You might also like
Loading...