वर्तमान समयमा यूवा तथा विद्यार्थीको भूमिका

0 893

                                    मनोज थापा                                                 हाम्रो देश नेपालमा वर्तमान समयमा विभिन्न समस्याहरु देखापरेका छन् । विकसित देशहरुको दाँजोमा नेपाल अत्यन्त पछि र गरिबीले जकाडिएको देश भनेर चिन्न सकिन्छ । नेपालका अधिकांश भूभाग प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण भईकन पनि गरिब देशको रुपमा चिनिनु एउटा विडम्बनाको कुरा हो । हामी यूवाहरु देशका मूख्य श्रमशक्ति हौ । देशको राष्ट्रियता , जनतन्त्र र जनजीविकाको पक्षमा भएका आन्दोलनमा युवाहरुको भुमिका मूख्य रहेको छ । राजसंस्थाको अन्त्य भएपनि उत्पीडित वर्ग तथा जनताको अधिकार प्राप्त हुन सकेन । साथ साथै युवाहरुका मूल अधिकार पनि प्राप्त हुन सकेनन् । आज दलाल , नोकरशाही पुँजीपति तथा सामन्त वर्गका युवा बाहेक अरु युवाहरूको अवस्था दयनीय भएको छ । शिक्षा तथा स्वास्थ्यमा भएको माफियाकरणका कारण गरिब मजदुर किसान वर्गका युवाहरु गुणस्तर युक्ति शिक्षा तथा स्वास्थ्य उपचारबाट बन्चित हुने गरेका छन् । साथै तिनै निम्नवर्गका युवाहरू रोजगारबाट बिमुख हुने वातावरण पैदा भएको छ । अहिले लगभग एक तिहाइ श्रमशक्ति अवधिक , मौसमी तथा लामो समयसम्म विदेशमा कामका लागि जानू परेको छ । लगानीको सुरक्षाको सुनिश्चितता नहुनु , स्वदेशमा रोजगारी सिर्जना हुनेखालको आयोजनाहरु संचालनमा नआउनु बहुराष्ट्रिय कम्पनीले संचालन गरेको आयोजनामा नेपाली मजदुर परिचालनमा कटौती गर्नु , राष्ट्रिय स्तरका उभोगहरु समाप्तप्राय हुनु , नेपालको माटो सुहाउँदो दक्ष श्रमशक्ति उत्पादन नगर्नु , कृषि उत्पादनमा उपयुुक्त ध्यान नदिनु आदि कारणले रोजगारीको समस्या विकराल बनेको छ। हामी नेपाली यूवाहरु परिश्रमी ठानिन्छौँ , विदेशीहरुले हाम्रो परिश्रमको फाइदा प्रशस्तै लिएका छन् यहाँ उक्त परिश्रमलाई परिचालन गर्ने निकायको कमजोरीले गर्दा परिश्रम खेर जानुका साथै अवैज्ञानिक श्रम प्रयोगमा आएको छ उक्त समस्यालाई निरुपण गर्नाको निमित्त अहिले सचेत युवा जगत र विद्यार्थीको काँधमा अविभार अाएको छ, यो युवा तथा विद्यार्थी जगतले यस विषयमा गम्भीर भएर सोचेनौँ र कार्यान्वयनमा लगेनौँ भने हाम्रो पछौटेपनले हाम्रो अस्तित्वमाथि नै आघात पार्न नसक्ला भनेर कल्पना समेत गर्न सकिदैन । अहिलेका सचेत युवा विद्यार्थीले निम्न कुराहरुमा परिवर्तन गरि देशलाई अग्गमातर्फ डोर्‍याउन आवश्यक मानिन्छ ।

(समाजवादी शिक्षाको एक मात्र ध्येय विद्यार्थीहरुको चौतर्फी विकास हो , यस शिक्षापद्धतिमा विद्यार्थीहरुको ब्यक्तित्व अवरुद्ध गरिनु हुन्न । बरु सारा शिक्षा पद्धतिभन्दा यिनै कुरामा भिन्न हुनुपर्दछ । समाजवादि स्कुल स्वतन्त्र स्कुल हो , जहाँ परेड खेलाइँदाको जस्तो कठोर तथा घोकन्ते विधाका लागि कुनै स्थान हुँदैन ।”) क्रुप्स्काया

१. शिक्षालाई ब्यवहारीक , वैज्ञानिक तथा आधुनिकिकरणतर्फ लैजान भूमिका खेल्नु पर्ने:- हाम्रो देशको हालको शिक्षा अव्यवहारीक हुनुका साथै अहिलेको विश्वको परिवर्तन अनुरुपको ढाँचामा छैन , उक्त समस्याले गर्दा अहिले तमाम योग्यता पुगेका मानिने युवाहरु बेरोजगार बस्न परिरहेको छ । बेरोजगारीका कारण विभिन्न किसिमका विकृतिहरु उब्जिन पुगेका छन् । यसका लागि सम्पूर्ण युवा तथा विद्यार्थी जगतले एउटा उपयुक्त भूमिका निर्वाह गरी हालको शैक्षिक नितीलाई व्यापक परिबर्तन गरि रोजगारमूलक शिक्षा प्रदान गर्ने व्यवस्थाको लागि सम्बन्धित निकायमा सुझाव , सल्लाह र सहयोग गर्नु अहिलेको टड्कारो अावश्यकता देखिन्छ ।

२. विकृति विसंगति विरुद्ध अग्रसर:-
हाम्रो देशका गाउँ ,टोल र शहरबजारमा विभिन्न किसिमका विकृति तथा विसंगतिहरुले हाम्रो समाजलाई समस्याग्रस्त बनाएको छ, नसाको भरमा दिनदहाडै लुटपाट, बलत्कार र होहल्ला वातावरण प्रशस्त देख्न र सुन्न पाइन्छ हाम्रो जस्तो अविकसित देशमा प्रशस्त परिश्रम लगानी गरि उत्पादन क्षेत्रलाई बढावा दिनुपर्नेमा त्यसको विपरीत युवाहरु नै त्यस नराम्रो काममा संलग्न भई देशलाई झनै समस्याग्रस्त बनाउन लागि परेको देखिन्छ , त्यस कारण हामी युवा तथा विद्यार्थीले त्यस्ता समस्याको निरुपण गरि देशलाई नयाँ अनुहार फेर्न अगरसर हुनुपर्ने खाचो देखिएको छ।

३.नेपालमा कृषिक्रान्ति तथा कृषिमा आधुनिकिकरणका लागि सक्रिय सहभागीता निर्वाह गर्ने:-
हाम्रो देश कृषिप्रधान देश भनी चिनिए पनि हाम्रो देशमा हामी नेपाली लाई नै दुई छाक टार्नको लागि अन्नको कमि छ, अझ प्रशस्त फलफुल तथा तरकारी उत्पादन गरी सन्तुलित भोजनको त कुरै छाडौं हुनै सकेको छैन हाम्रो देशमा भएको अठारौं शताब्दीको कृषि तरिकाबाट उत्पादनभन्दा त्यसमा लगाउने लगानी बढी देखायको पाईन्छ । यस समस्याबाट मूक्त पाउनको लागि हामी नयाँ प्रविधिहरुको अागमन गराउन हरतरह प्रयासरत रहनुपर्दछ। जबसम्म उन्नत तरिकाबाट खेतीपाती गर्ने सकिन्न तबसम्म यो बढ्दो जनसंख्यालाई थाम्न गार्‍हो पर्ने देखिएको छ। त्यसैले उन्नत प्रविधिबाट कृषि कार्य गर्न लगाइ तथा कृषि प्राविधिलाई सक्रिय बनाइ कृषि पेशालाई एउटा अाम्दानिकमुलक पेशामा परिणत गर्न स्थानीय निकाय तथा सम्बन्धि निकायको ध्यान जानुपर्ने अाजको अावश्यकता छ।

४. समाजमा पछि परेका समुदायलाई सामाजिक मुल धारमा ल्याउन कोशिस गर्न:-
हाम्रो समाजमा विभिन्न कारणले समाजबाट टाढा रहेका अथवा पछि परेका मानिसहरु प्रशस्त छन् ती पछि परेका मानिसहरुलाई विभिन्न तरिकाहरु अवलम्बन गरि उक्ति पक्षलाई सामाजिक मूल प्रवाहमा ल्याउन सक्नु पदर्छ । जस्तै जनजागरण क्रार्यक्रम संचालन गर्ने गर्ने र त्यसको नेतृत्व गर्ने जिम्मा उनिहरुलाइ नै सुम्पने घर-अाँगन , चोकमा सरसफाईको निम्ति उक्त वर्गलाई सचेत गराउने , बोली भाषामा उपयुक्तता ल्याउन विभिन्न कार्यक्रममा सहभागीता गराउने , जनचेतना अगाडि बढाउन उनिहरुको घर-घरमा घरलैलो कार्यक्रम सन्चालन गर्ने ।

You might also like
Loading...