विभिन्न ज्ञान प्रवाहको लागि: जेष्ठ नागरिक अध्यन केन्द्र

0 444

बर्दिया । विभिन्न ज्ञान प्रवाहको लागि बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँमा जेष्ठ नागरिक सामुदायिक पुस्तकालय (वाचन तथा अध्यन केन्द्र ) संचालनमा आएको छ।

यस कार्यले अज्ञानताको कालो वादल हटाउने विश्वासका साथ आफुले गरेको कार्यप्रति सकारात्मक सहयोगको लागि विभिन्न संघ-संस्था,बुद्धिजीवी र सबै क्षेत्रलाई संस्थापक योगराज शर्मा (पण्डित ) ले विशेष अनुरोध गर्नुभएको छ।

उहाँले संस्था समाजको योगदानको लागि, बालकदेखि बृद्धासम्म सिकाईको आधार बन्ने र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको लागि पनि सहयोगी बन्ने जिकिर गर्नुभयो ।

गाउँघरका नानीबाबुहरूको सहज र निर्बाध रूपमा पहुँच हुने सामुदायिक अध्ययन केन्द्रको रूपमा स्थापना गरिएको हो । यहाँ लोकसेवाको परिक्षाको तयारीमा रहनुभएका विद्यार्थीहरूका लागि सम्पूर्ण विषयसँग सम्बन्धित जीवनउपयोगी सबै विषयका पुस्तकहरू संबन्धित कक्षाका विद्यार्थीहरूको लागि जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा उपलब्ध छ ।

साथै दर्शन,राजनीति, इतिहास,साहित्य,भाषा ,उपन्यास, सामाजिक शिक्षा र जीवनी लगायत अन्य विधाका जीवनउपयोगी पुस्तकहरूको पनि स्थानीय विद्यार्थी तथा महानुभावहरूको सेवाका लागि व्यावस्था गरिएको छ ।

समाजमा विद्यमान विकृति,विसंगति,असभ्यता एवम् अज्ञानताका समस्याहरुको निरुपणका लागि अध्यन केन्द्र एउटा कोसे ढुङ्गा बन्ने स्थानीयहरुको विश्वास छ।वस्तुतः यो अध्यन केन्द्रले उल्लेखनीय तथा निर्धारित लक्ष्य अनुसार काम गर्न सक्ने देखिदैन किनकि पुरानो सामाजिक सत्ता र व्यवस्थाको ज्ञान अध्यनले यसलाई प्रभावित गरी आफ्नो अभिष्ट पूरा गर्ने साधन बनाउने कुचेष्टा गर्नेछ ।

परन्तु संस्था पुरानो संरचना बाहिरबाट विकास हुन जरुरी छ। साथै वर्तमान सत्ता र व्यवस्थालाई परास्त गरेर मात्र संस्थाले लक्ष्य प्राप्त गर्ने कुरा सम्भव हुने भएकाले आमुलपरिवर्तनको एेतिहासिक अभियानात्मक आन्दोलनसंग जोडिन जरुरी छ।

You might also like
Loading...