ठाकुरबाबा नगरपालिकाको ९ नं.वडा कार्यालय भवन शिलान्यास
बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं. ९ को आज वडा कार्यालयको भवन शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमकाबीच नगर प्रमुख घननारायण श्रेष्ठले उक्त भवनको शिलान्यास गर्नुभएको हो । सो भवन निर्माणमा करिब एक करोड लागत स्टिमेट रहेको छ । यस बजेटबाट दुई तले भुकम्प प्रतिरोधात्मक पक्की भवन बन्न लागेको मेयर श्रेष्ठले उक्त कार्यक्रम मार्फत जानकारी दिनु भयो ।
उक्त वडा कार्यालयको भवन निर्माणका लागि ४ कठ्ठा १० धुर जग्गा दान स्वरुप महेश चन्द्र गौतम, दिनेश गौतम, सीता गौतमले उपलब्ध गराउनु भएको छ । सो भवनको शिलान्यास कार्यक्रम वडाध्यक्ष राधा चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । त्यस कार्यक्रममा उप प्रमुख कृष्णा कुश्मा थारु र प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय सरकारसंग जग्गादाताको सम्मान गर्दै गुणस्तरीय भवन निर्माण र समयमा नै सम्पन्न गर्न वडाबासीको माग छ । उक्त भवन निर्माण प्रति सबै स्थानीय नागरिकको विशेष चासो रहेको देखिन्छ । पछिल्लो समय मुलुकभर यस्ता निर्माणका कार्यहरुमा स्थानीय तह भ्रष्टाचारको हव बन्दै गएका छन । यस वडा कार्यालयको भवन निर्माणमा त्यस्ता क्रियाकलाप हुन्छन वा हुँदैनन् त्यो भने कालान्तरमा देखिन्छ ।
भ्रष्टाचार के हो ?
कुनै पनि ब्याक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरू लाई भ्रष्टाचार भनिन्छ ।
सार्वजनिक पदमा रहेका पदाधिकारीहरूले आफूमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा पुर्याउनको लागि प्रयोग गर्नु नै भ्रष्टाचार हो ।
विश्व बैङ्क का अनुसार व्यक्तिगत फाइदाको लागि सार्वजनिक ओहदा र शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो ।
ट्रान्स परेन्सी ईन्टरनेशनलका अनुसार सार्वनानिक क्षेत्रमा चाहे त्यो राजनीतिक वा प्रशासनिक होस उनीहरूलाई गरिएको विश्वास वा सुम्पिएको कार्यको गलत र गैर न्यायिक प्रयोग नै भ्रष्टाचार हो ।