बाँकेमा क्रान्तिकारी पत्रकार महासंघको दोस्रो भेला सम्पन्न

0 255

बाँके । क्रान्तिकारी पत्रकार महासंघ बाके जिल्लाको दोस्रो भेला कोहलपुरस्थित मदनचोकमा आइतबार सम्पन्न भएको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत उक्त भेला भएको हो ।

भेलाले सलमन केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष प्रज्वल नेपाली, सचिव रितु बिस्ट, सहसचिव लक्ष्मी बुढा र कोषाध्यक्षमा भावना बुढा निर्वाचित हुनुभएको छ । त्यस्तै समितिको ७ सदस्यीय सचिवालयमा ५ जना पदाधिकारी सहित सरिता थारु र सुरज रेगामी रहेको जिल्ला सचिवालय समेत गठन गरेको छ । महासङघको जिल्ला सदस्यहरुमा टपेन्द्र न्यौपाने, बिजय गुरुङ, बुद्धि राम पोखरेल, परिमल बिक, जीवन मेदासी मगर, दिपेश राना, सिर्जना पान्डे, बिनिसा पाठक, बिनिता थापा, नरेन्द्र जैसी, बिनोद पुन, सुमन राउत, पवन सिह ठकुरी रहनुभएको छ ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पान्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताउदै पत्रकारहरुले राज्य ब्यवस्था परिवर्तनको पक्षमा लेख्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको दाबी गर्दै श्रमजिबीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताउनु भयो । ” पत्रकारहरु वाचडग हुनुपर्छ”( महासचिव पान्डेयले भन्नुभयो – “संसदीय ब्यवस्थाका ल्यापडग भएका छन । ती सबै बिसङगति बिरुद्ध कलम तिखार्नुपर्छ । ” उहाँले क्रान्तिकारी पत्रकार महासङ्घ कलमजिबीहरुको लालसेना रहेको उल्लेख गर्नुभयो । उहाँले आम पत्रकार हुनु र क्रान्तिकारी जनपक्षीय पत्रकार हुनुमा फरक रहेको बताउदै क्रान्तिकारी पत्रकार हुनुमा गर्व गर्नुपर्ने बताउनु भयो । ” कतिपयले आफुलाई क्रान्तिकारी पत्रकार हौ भन्ने भ्रम दिइराखेका छन “( उहाँले भन्नुभयो( ” हिजो आज ती भ्रमहरु अलि साफ हुँदै पनि गएका छन । अझै भ्रम तोडिन्छ । तोड्नुपर्छ “।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले रास्ट्रियता जनतन्त्र र जनजीविकाको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले दलाल ब्यवस्था र त्यसका मतियारहरुको विरुद्ध कलमको अस्त्र चलाउन आग्रह गर्नुभयो ।

त्यसैगरी क्रान्तिकारी माओवादी पार्टीका केन्द्रीय सदस्य तथा बाके बर्दिया इन्चार्ज तेज बिक्रम शाही क्रान्तिकारी पत्रकारको अभिभावकको रुपमा क्रान्तिकारी माओवादी रहेको बताउनुभयो । भेलामा देजमो नेपालकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंले लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । सलमन केसिको अध्यक्षता कबिराज यात्रीको संचालन रहेको कार्यक्रममा किसान महासङ्घका प्रदेश अध्यक्ष प्रेम थापालगायतको आतिथ्यता थियो ।

You might also like
Loading...