नेपाल निवृत्त राष्ट्रसेवक समाजको पाचौं अधिवेशन तथा १२ औँ साधारणसभा सम्पन्न
दाङ । नेपाल निवृत्त राष्ट्रसेवक समाज तुलसीपुर दाङको पाचौं अधिवेशन तथा १२ औँ साधारणसभा तुलसीपुरमा सम्पन्न भएकोछ ।समाजका अध्यक्ष जय पृथ्वी बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल निबृत्त राष्ट्र सेवक समाज केन्द्रीय अध्यक्ष चतुरमान डाङीले राज्यले निबृत्त राष्ट्र सेवकहरुको अनुभवलाई राष्ट्र निर्माण कार्यमा प्रयोग गर्नेुपर्ने धारणा अधिवेशनले सफल सक्षम नेतृत्व चयन गर्दै समाज अगाडि बढ्ने कुरामा ढुक्क रहेको बताउनुभयो ।
झण्डै बीस लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको समाजको भवन समेत उदघाटन गर्नु भएको थियो ।शुभकामना मन्तव्य दिनेहरुमा समाजका केन्द्रीय उपाध्यक्ष शंकर गौतम , केन्द्रीय महासचिव हर्ष बहादुर डाङ्गी , तुलसीपुर साहित्य प्रतिष्ठान का अध्यक्ष डिल्ली राज श्रीधर ,बृद्द सेवा समिति का अध्यक्ष खुमानन्द अधिकारी , समाजका सल्लाहकार ईश्वरी प्रसाद गैरे लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रममा सचिव जगत कुमार ओलीले समाजको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भीष्म कुमार लामिछानेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियोे ।
समाजका सदस्य धर्म नाथ योगीले स्वागत , तथा समाजका सल्लाहकार शेषमणी रिजालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा नयाँ कार्य समिति सर्वसम्मतद्दारा चयन गरियो ।
अध्यक्ष निमकान्त ढकाल ,उपाध्यक्ष धुर्ब गौतम , सचिव जगत कुमार ओली , कोषाध्यक्ष गगन कुमार गौतम ,सहसचिव चेचराज शिह ठकुरी सहकोषाध्य निम बहादुर छन्त्याल , सदस्यहरुमा जिबा कुमारी पुन , पार्बती भुसाल,मिना गिरी,शेर बहादुर खडका, गोबिन्द राज आचार्य , कृष्णबहादुर खत्री ,राम बहादुर कुमाल, बुद्धि प्रकाश शर्मा ,नन्दलाल भण्डारी रहनुभएको छ।