बर्दियामा समाजसेवी रावलद्वारा विभिन्न समस्याबाट पीडित परिवारलाई आर्थिक प्रदान

0 474

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकाका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका पीडित मानिसहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आज प्राकृतिक प्रकोप तथा विभिन्न किसिमका रोग र जंगली जनावरको आक्रमणबाट पीडित मानिसहरुलाई एक कार्यक्रमका बीच समाजसेवी विनय रावलले रु ३००००/- आर्थिक सहयोग गर्नु भएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं.१ डुम्रेनीमा यहि माघ ४ गते जंगली हात्तीले घर भत्काएर पिडित भएकि मामसरा बुढालाई राहत स्वरूप रू.१०,०००/-(दस हजार) प्रदान गर्नु भएकाे छ ।

त्यसैगरी ठाकुरबाबा नगरपालिका वडा नं.२ सत्घरूवा बस्ने बुद्धिराम थारू बिगत केही समय देखि दुबैआँखामा समस्याआई दुबैआँखाकाे अप्रेसन गर्नु पर्ने र घरकाे आर्थिक अवस्था अत्यन्तै कम्जाेर भएकाले उपचारार्थ रू.१०,०००/-(दस हजार) नगदै सहयाेग प्रदान गर्नु भएको छ ।

साथै, सहयोगकै क्रममा ठाकुरबाबा नगरपालिका वडा नं.२ कर्मला बस्ने गंगाराम बि.क.बिगत केही समय अगाडि शाैचालय जानेक्रममा लडि कम्मर भाचिएकाे हुँदा मेडिकल कलेज काेहलपुरमा उपचार गराउँदा-गराउँदै आर्थिक अवस्था अत्यन्तै कम्जोर भएकाे हुँदा उपचार कार्य सहजताका लागि रू.१०,०००/-(दस हजार) नगदै आर्थिक सहयाेग प्रदान गर्नु भएकाे छ ।

You might also like
Loading...