समाजसेवी रावलद्वारा स्तन क्यान्सरबाट पिडित बिरामीलाई आर्थिक सहयाेग

0 462

बर्दिया । समाजसेवी विनय रावलले स्तन क्यान्सरबाट पिडित बिरामीलाई आर्थिक सहयाेग गर्नु भएको छ ।

जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.२ सत्घरूवा बस्ने चुङगुलाल थारूकाे श्रीमती प्रिया थारूलाई उपचारका लागि सहयोग गर्नुभएको हो ।

निज बिरामीको बिगत १ बर्ष देखि स्तन क्यान्सर भई ओैषधि उपचार गराउदा गराउदै आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाेले निजकाे स्वास्थ्य उपचार र दैनिक सहजताका लागि आजै समाजसेवी  रावलले रू.२५.०००/-(पच्चिस हजार) नगद सहयाेग गर्नु भएको छ ।

You might also like
Loading...