समाजसेवी रावलद्वारा मुटुराेगबाट पीडितलाई आर्थिक सहयाेग प्रदान

0 484

बर्दिया । समाजसेवी विनय रावलले मुटुराेगबाट पीडितलाई आर्थिक सहयाेग गर्नुभएको छ । बुधबार एक कार्यक्रमकाबीच रावलले उक्त आर्थिक सहयोग गर्नुभएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.४ बग्नाह बस्ने भरथरी थारूलाई उक्त रकम सहयोग गर्नुभएको छ ।

बिगत १ बर्ष देखि मुटुराेगकाे बिरामी थारुलाई ओैषधि उपचार गराउँदा गराउँदै आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाेले निजकाे स्वास्थ्य उपचार र दैनिक सहजताका लागि रावलले रू २०.०००/-(बीस हजार) नगद सहयाेग गर्नुभएको छ ।

साथै रावलले मुटुराेगबाट पिडित भरथरि थारूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना र आगामी दिनहरूमा समेत थप सहयाेगकाे लागि प्रतिवद्वता ब्यक्त गर्नुभएको छ ।

You might also like
Loading...