युवा समाजसेवी रावलद्वारा विपन्न परिवारलाई ५५ हजार नगद आर्थिक सहयोग

0 632

बर्दिया । पछिल्लो समय बर्दियाका विभिन्न ठाउँमा युवा समाजसेवी विनय रावलले विपन्न परिवारहरुलाई जीविकोपार्जन गर्न, स्वास्थ्य उपचार र शैक्षिक क्षेत्रमा टेवा पुगोस भनी आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

त्यसैगरी आज समाजसेवी रावलले एक कार्यक्रमका बीच ठाकुरबाबा नगरपालिकाका विभिन्न वडामा रहेका पीडित मानिसहरुलाई भेटेर रु ५५ हजार नगद आर्थिक सहयोग गर्नुभएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं.४ सैनवार बस्ने काैशिला भण्डारी बिगत केही बर्ष देखि पाठेघरकाे क्यान्सर राेगबाट पीडित हुनुभएकाे हुँदा ओैषधि उपचार गराउँदा गराउँदै उहाँकाे आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाेले निजकाे थप स्वास्थ्य उपचार र दैनिक सहजताका लागि रू.२०.०००/-(बीस हजार) नगद सहयाेग गर्नु भएको छ ।

सोही नगरपालिका वडा नं.८ सुख्खाड बस्ने मन्कि थारू बिगत केही बर्ष देखि प्यारा लाईसिस र दृष्टिबिहिन भएकि असाहय महिलालाई ओैषधि उपचार गराउन र दैनिक जीवन अत्यन्तै नाजुक रहेकाेले निजकाे स्वास्थ्य उपचार र दैनिक सहजताका लागि उहाँले रू.१५,०००/-(पन्ध्र हजार) नगद सहयाेग गर्नु भएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नं. ४ वर्गदाह बस्ने सर्प कार्कीकाे छाेरा बर्ष ३५ का प्रेम बहादुर कार्किकाे थ्रेसरले गहुँ दाउने क्रममा दाहिने हात पुर्ण रूपमा काटिएकाे हुँदा उहाँकाे उपचार गराउदा गराउदै आर्थिक अवस्था अत्यन्तै कम्जाेर रहेकाले ओैषधि उपचार गराउन र दैनिक जीवन अत्यन्तै नाजुक रहेकाेले निजकाे स्वास्थ्य उपचार र दैनिक सहजताका लागि रू.१०,०००/-(दश हजार) नगद सहयाेग गर्नु भएको छ ।

साथै ठाकुरबाबा नगरपालिका वडा नं. ४ सैनवार बस्ने बर्ष ४१ की लिलि चाैधरीकाे मिति २०७८/११/१० गते जंगलि चितुवा बाघकाे आक्रमणमा परी मृत्यु भएकाे हुँदा उहाँकाे परिवारकाे आर्थिक अवस्था अत्यतै कम्जाेर भएकाेले निजका छाेरा बर्ष १५ का गाेकर्ण चाैधरीकाे पठन/पाठन तथा दैनिक सहजताका लागि रू.१०,०००/-(दश हजार) नगद सहयाेग गर्नु भएको छ ।

You might also like
Loading...