महंगीको बिरुद्ध क्रान्तिकारी माओवादीको प्रर्दशन

0 316

नवलपरासी । पेट्रोलियम पदार्थ तथा खाद्य बस्तुमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) देशैभर संर्घषमा उत्रिएको छ ।

सो क्रममा शनिवार सुस्ता–१ बरुवा हाटबजारमा कोणसभा आयोजना गरेर क्रान्तिकारी माओवादीले महंगीको बिरोध गरेको हो ।
चुनाव लगतै खाद्य बस्तु तथा यातायातमा समेत महंगी बढेको भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले बजारमा जुलुस समेत निकालेका थिए ।

‘तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, काला बजारियाहरुलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रण गर, जनघाती, राष्ट्रघाती सरकार मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’ लगायतका नाराहरुसहित जुलुस बरुवाचोकमा कोणसभामा परिणता भएको थियो ।

बिरोधका कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री र देशभक्त जनणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले बोल्दै चुनाव खर्च उठाउन संसदवादीहरुले मुल्य बृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउनुभयो । स्थानीय निर्वाचन बहिष्कार गरेको बैद्य माओवादीले जिल्लामा महंगी तथा भष्ट्रचारीका बिरुद्ध कडा संर्घष उठान गर्ने बताउदै आएको छ ।

You might also like
Loading...