दाङमा अखिल ( क्रान्तिकारी )को दोस्रो जिल्ला भेला सम्पन्न

0 253

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोवादी) निकट अखिल ( क्रान्तिकारी ) दाङको दोस्रो जिल्ला भेला आज घोराहीमा सम्पन्न भएको छ । उक्त जिल्ला भेलाले संगम के सी को अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । जसमा उपाध्यक्ष कमल वली,सचिब मुना पुन ,कोषाध्यक्ष शिशिर चौधरी , सहसचिव कामना वली हुनुहुन्छ भने सदस्यहरुमा :- गिता आचार्य ,शुनिता पौडेल ,नरेश बि क ,शिमा बि क, भरत बि क , ममता शर्मा गैरे ,टीका शर्मा,बिनिता चन्द ,यमुना के सी ,लक्ष्मी बि क ,गोमा क्षेत्री , निमराज गौतम , दिपा सुनार ,सरिता बि क , प्रेयङ्का कुबर, साबित्रा रकाल रहनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओबादी ) केन्द्रीय सदस्य तथा दाङजिल्ला इञ्चार्ज इञ्चार्ज कमरेड समिरले बर्तमान राजनीतिक अबस्थाका बारेमा चर्चा गर्दै नेपाली बिद्यार्थीले अझैसम्म पनि सर्बसुलभ शिक्षा नपाएको शिक्षा मा दलालिकरण भएको शिक्षा सामान्य नागरिकको पहुँच मा नभएकोले तत्काल ब्यबहारिक ,बैज्ञानिक, जिवनउपयोगी शिक्षा लागू गराउन बिद्यार्थी आन्दोलन उठाउनुपर्ने र त्यसको नेतृत्व अखिल ( क्रान्तिकारी ) ले गर्नुपर्ने बताउनु भयो ।

अखिल ( क्रान्तिकारी ) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक कमरेड महेश श्रेष्ठ ले मन्तब्य दिदै नेपाल को शिक्षा बेरोजगार उत्पादन गर्ने भट्टिमा रुपान्तरण भएकोले शिक्षित युवतीयुवा हरु दैनिक अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाहिरिन बाध्य रहेको , शिक्षा जनताको पहुँचमा नभएको शिक्षामा दलालिहरुको मुठ्ठीभित्र रहेको ले यो अबस्थामा अामुल परिवर्तनका लागि युवतीयुवाको सुन्दर भविष्य निर्माण गर्न अहम भुमिका निर्बाह गर्नुपर्ने एैतिहासिक जिम्मेवार यश कार्य समितिलाई आएको बताउनुभयो ।

संगम के सि को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नब निर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरे ले बिद्यालय तथा जिल्ला स्तरमा शैक्षिक सुधारकालागि यश कार्यसमितिले महत्त्वपूर्ण भुमिका खेल्न सकोस् शैक्षिक सुधारका लागि गरिने सकारात्मक कामको नेतृत्व यहीँ कार्यसमितिले भुमिका खेल्न सकोस् भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन लक्ष्मी बिक ले गर्नु भएको थियो भने भेलाको अध्यक्ष दाङ जिल्ला अध्यक्ष मनोज थापाले गर्नु भएको थियोे ।

You might also like
Loading...