नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ

0 253

कैलाली । नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ परेका छन । जिल्ला बैतडी दशरथचन्द नगरपालीका वडा नम्बर ११ बस्ने बर्ष ३५ को महेश राम लावड शनिबार  पक्राउ परेका हुन । उनलाई बाँके जिल्लाको राप्तीसोनारी गाउपालीका वडा नम्बर ९ शम्सेरगंजमा डेरा गरी लुकिछिपी बसी रहेको अवस्थामा फेलापारी प्रहरीले  पक्राउ गरेको हो ।

जिल्ला डोटी पुर्बीचौकी गाँउपालिका वडा नं. ७ बस्ने देब बहादुर बि.क. का घर परिवारका मानिसलाई नेपाल आर्मीको भान्सेको लागि भर्ना खुलेको छ। तपाईंलाई जागिर लगाई दिन्छु भनी विभिन्न किसिमका प्रलोभन समेत देखाई आवस्यक कागजात माग गरी नेपाली सेनाका तेघरी लगायत विभिन्न तालिम केन्द्र रहेका स्थान नजिक बोलाई आवेदन फारम भर्ने देखी विभिन्न चरणका परिक्षाहरुमा पास गराई जागिर लगाई दिन्छु भनी  बिभिन्न मितिमा रु.४ लाख २० हजार रकम  ठगी गरेको आरोपमा पक्राउ परेका हुन ।

लावड नेपाली सेनामा २०६२ देखी २०७३ साल सम्म जागिर गरी सो पश्चात सुर्खेत ब्यारेकबाट भगौडा खाली भएको समेत खुल्न आएको छ ।

उनलाई  ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साथै निजले सो भन्दा पुर्व समेत बिभिन्न स्थानमा ठेगाना र नाम मनोज रावत,रमेश सिंह बिष्ट,मनोज सिंह बिष्ट, दिनेश बिष्ट भनी फरक फरक बताउने र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरु संग राम्रो सम्बन्ध छ भनी विभिन्न प्रलोभन देखाई सुर्खेत स्थित नेपाली सेनाको प्राविधिक पदमा भर्ना गरि दिने भनी एक जना महिला र कार्यालय सहयोगीमा भर्ना गरी दिने भनी एक जना पुरुषबाट समेत ३ लाख ठगी गरेका थिए ।

You might also like
Loading...