कानुन निरीह बन्दै: ठाकुरबाबामा जनप्रतिनिधिले नै भ्रष्टाचार भएको स्विकार्दा हुँदैन कारबाही ?

0 1,790

बर्दिया। लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा नितिगत तथा संस्थागत भ्रष्टाचार भइरहेको छ ।स्थानीय तहको भ्रष्टाचार अराजक ढंगले वृद्धि हुँदै गएको छ। यस नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारुले  मंगलबार एक सार्वजनिक कार्यक्रममा समेत उक्त कुरा बोल्नु भएको छ ।

ठाकुरबाबा नगरपालिकाका निम्ति भ्रष्टाचार कुनै नौलो विषय भने होइन यस अघि पनि हामीले यस्ता भ्रष्टाचारका मुद्दाहरु धेरै पटक उठाएका थियौँ । सम्बन्धित निकायले वास्ता गरेन आज उहाँहरु आन्तरिक रुपमा विभाजन भए पश्चात् यस्ता कुरा बाहिर आउनु स्वभाविक नै हो । स्थानीय तहको उपप्रमुखले नै भ्रष्टाचार भयो भनी स्विकार्दै गर्दा अब यिनिहरुलाई कानुनी उपचार गर्न ढिला किन ? के राज्यमा कानुन निरीह भएकै हो त ?

ठाकुरबाबा नगरपालिकामा करारमा कर्मचारी नियुक्ति गर्दा पनि घुस लिने–दिने, कार्यकर्ता भर्ती केन्द्र बनाइएको छ। साथै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, झुटा विवरण पेस गर्ने, गलत लिखत वा प्रतिवेदन दिने, कागजात सच्याउने वा नोक्सान गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्नेजस्ता भ्रष्टाचारका प्रवृत्ति अधिक रहेको स्थानीयको गुनासो छ।

स्थानीय तहमा भ्रष्टाचारले जरो गाडेको पछिल्ला गतिविधिले देखाएको छ। नागरिकका काममा ढिलाइ गरी, सार्वजनिक सम्पत्ति दुरुपयोग र कर्मचारीद्वारा अधिकारको दुरुपयोग गरी भ्रष्टाचार भईरहेको पाईएको छ ।

साथै योजना निर्माणदेखि कार्यान्वयन तहसम्म पुग्दा कर्मचारी पदाधिकारीको मिलेमतोमा बर्दिया जिल्ला कै सबैभन्दा बढी भ्रष्टाचार ठाकुरबाबा नगरपालिकामा भएको पाइएको छ। भ्रष्टाचार र अनियमिततामा राजनीतिक संरक्षण हुनु चुनौतीकाे विषय भएको छ।

You might also like
Loading...