बर्षाले किसानलाई राहत होइन: सास्ती दियो

0 496

बर्दिया । तराईका विभिन्न भुभागमा वर्षा भएपछि यहाँका कृषक दुखी भएका छन् । वर्षाले विशेषगरी धान खेतीलाई क्षति  पुर्याएको छ ।  बर्षौभरि खाने धानबाली अविरल वर्षाका कारण खेतमै भिजेर नष्ट भए पछि किसानलाई निकै सास्ती भएको हो ।

स्थानीयका अनुसार सबैजसो धान काटेर खेतमै छरपष्ट अवस्थामा राखिएको छ । त्यसैगरी बर्षाले केही धान झारीसकेको अवस्था छ।’

नकाटेको धानमा त खासै असर पर्ने देखिँदैन तर काटेर खेतमा राखेको धान कुहिने त्रास किसानमा बढिरहेको छ। आइतबार साँझदेखि निरन्तर बर्षा भइरहेकोले कृषकलाई निकै समस्या भएकोछ ।

You might also like
Loading...