कर्णाली नदीको जलस्तर खतरा तहमा: सुरक्षित स्थानतर्फ जान सुझाव

0 348

बर्दिया । कर्णाली नदीमा पानीको सतह बढेर खतरा तह पार गरि सकेको छ । यो समाचार तयार पार्दासम्म बर्दियाका गाउँ बस्तीमा पानी पसेको छ । बर्दियाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका अधिकांश गाउँहरुमा पानी पसेको छ।

कर्णाली नदीको जलस्तर खतरा तह १०.८ मीटर पार गरी १३ मीटर पुगिसकेको एवम् जलस्तर बढ्दोक्रम रहेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जानकारी दिएको छ ।

कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको हुँदा कर्णाली नदी तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुने मानिसहरूले आज राती सम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ जान ढिलाई नगर्न जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

You might also like
Loading...