नेपालमा कोभिड–१९ बढ्दो क्रममा: थप एक जनामा ओमिक्रोन भेटियो

0 450

बर्दिया । पछिल्लो समय नेपालमा कोभिड–१९ बढ्दो क्रममा देखिन्छ । बुधबार थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

आजको प्रेस ब्रिफिङमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले बताएकी हुन । ५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको प्रवक्ता कौशल मिश्राले जानकारी दिनुभयो।

उहाँका अनुसार अहिलेसम्म नेपालमा ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ । यस अघि पनि दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो ।

You might also like
Loading...