क्रान्तिकारी माओवादीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध देशव्यापी विरोध प्रदर्शन

0 442

बर्दिया । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शनको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चा सहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुुभचिन्तकहरुलाई विशेष अनुरोध समेत गरेको थियो ।

सोही निर्णय अनुरुप आज नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति दाङको आयोजनामा एमसीसी खारेजीका लागि विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरिएको छ ।

त्यसैगरी आज नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गे चोकमा राष्ट्रघाती एमसीसी सम्झौता र भारतीय विस्तारवादी अतिक्रमका विरुद्ध मौसमको प्रतिकूलताको सामना गर्दै विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका अन्तर्गतको गोरुसिङ्गे चोकमा प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ ।

उक्त कोणसभाको संचालन देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका जिल्ला अध्यक्ष ज्ञानीराम पुरीले गर्नु भएको थियो । कोणसभालाई सम्बोधन नेकपा ( क्रान्तिकारी माओवादी ) का पाेलिट ब्युरो सदस्य कमरेड धनेश्वार पोख्रेल तथा पार्टीका केन्द्रीय सदस्य कमरेड पिताम्बर आचार्यले गर्नु भएको जानकारी जनपथलाई प्राप्त भएको छ ।
यसै शीलशीलामा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति चितवनको आयोजनामा एमसीसी खारेजीका लागि २१ गते (आज) विरोध प्रदर्शनसफलतापूर्वक सम्पन्न गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र त्यससँग सम्वन्धीत सबै जनवर्गीय संगठनहरुका नेतागण तथा कार्यकर्ता र जनसमूहको सहभागितामा गगनभेदी नारा, व्यानरसहीत नारायणघाट बजार परिक्रमा गरी कोणसभमा परिणत भएको थियो ।

अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवन जिल्ला समिति अध्यक्ष रवीकिरण नीर्जीवको अध्यक्षतामा भएको उक्त कोणसभामा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय सचिव गौरी देवकोटा र केन्द्रीय उपाध्यक्ष मोदनाथ मरहट्टाले कविता बाचन गर्नु भएको थियो भने कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति चितवनका सेक्रेटरी अशोकले सम्वोधन गर्नु भएको थियो । कोणसभाको सञ्चालन प्रकाश खनालले गर्नु भएको थियो ।

स्मरण रहोसकि क्रान्तिकारी माओवादीले देशको स्वाधीनताको रक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको विषयलाई पार्टीको मुख्य मुद्दा बनाउँदै यो पार्टीले सडकबाट सदन र सरकारका राष्ट्रघाती र जनघाती कामहरुको डटेर विरोध गर्दै आएको छ ।

अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौता, जुन नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको प्रतिकूल छ, जसरी पनि नेपालको संसदबाट अनुमोदन गराउन अमेरिकाले दबाब दिइरहेको छ र यहाँका संसदवादी दलहरु खासगरी कांग्रेस र एमाले संसदबाट अनुमोदनका लागि अमेरिकाको निर्देशन अनुसार दौडधूप गरिरहेका छन्, त्यही एमसीसी सम्झौता खारेजीको माग गर्दै मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आज अर्थात् माघ २१ गत्ते देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको हो ।

You might also like
Loading...