कञ्चनपुरमा एमसीसी सम्झौताका विरुद्ध विरोध प्रदर्शन

0 232

कञ्चनपुर । एमसिसी सम्झैताको बिरोधमा कञ्चनपुरको झलारी नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको सयुक्त रुपमा बिरोध प्ररदर्शन गर्दै कोण सभा सम्पन्न गरिएको छ । सरकारले संसदबाट अनुमोदन गरेर पारित गर्न लागेको अमेरिकाको एमसिसी परियोजना सम्झैताको राष्ट्रघाती भएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी लगायतका ६ दल र २ मोर्चाले बिरोध गर्दै आएका छन ।

नेकपा(क्रान्तिकारी माओवादी) पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी लगायतका ६ दल र २ मोर्चाले बिरोध २६ गते पनि देशभरी बिरोध प्रदर्शन कार्यक्रम राखेका छन ।

कोण सभाको सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कञ्चनपुर जिल्ला अध्यक्ष राम बहादुर काकीले एमसिसी समझैता राष्ट्रको हितमा नभएको बताए । अमेरिकाले दिने अनुदानको नाम राष्ट्रघाती एमसिसी सम्झैता  लागु गर्न खोजिएकोले राष्ट्रघाती एससिसी सम्झैता खारेज गर्नु पर्ने बताएका छन ।


त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रिय सदस्य हरि सुवेदीले राष्ट्र घाती एससिसी सम्झैता पारित गर्न खोजिएकोले क्रान्तिकारी माओवादी लगायतका देश भक्त्त पार्टी आन्दोलनमा रहेको बताए । अनुदानको नाममा राष्टाघातीे सन्धी हाम्रो देशको स्वाधिनताको निम्ती घातक रहेको बताए ।

नेपालका ठुला भनिएका दलहरु कोही अमेरीकी समराज्यवादका दलाल छन भने कोही, भारतीय विस्तावदका दलाल रहेको सुवेदीले टिप्पणी गरेका छन ।
नेपालको भुमि २५२ हेक्टर जमिन भारतले कालापानी लिपुलेकमा हस्तक्षेत गरेको भए पनि सरकारले कुनै पनि पहल गर्न नसकेकोले यो सरकार  दलाल राष्ट्र घाती रहेको बताए । नेकपा क्रान्तिकारी माओवादी पार्टी जनवादी व्यवस्थाका लागि आन्दोलनमा रहेकोले सबै देशभक्त्त नेपाली एकजुट हुन पर्ने दिन आएको आन्दोलन सबैले साथ दिन अनुरोध गरेका छन ।

You might also like
Loading...