एमसीसीका विरुद्ध आठ दलिय संयुक्त मोर्चाद्वारा भोलि नेपाल बन्दको घोषणा

0 335

काठमाडौं । एमसीसीका विरुद्ध संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि फागुन १६ गते सोमबार नेपाल बन्दको आव्हान गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमसीसी सम्झौता पास गर्ने तयारी गरेपछि आठ दलले अहिले साँझ देशैभर मसाल जुलुस पदर्शन गर्ने र भोलि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।                             राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्दै भएको आजको विरोध प्रदर्शनमा देउवा सरकारले देशभक्त क्रान्तिकारीहरुका विरुद्ध फासिवादी दमनमा उत्रिएको थियो ।

राष्ट्रघाती एमसीसी सम्झौता आजै राती १२ बजे रातीसम्ममा पास गर्ने तयारी गरेपछि ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले राष्ट्रघातको प्रतिरोधमा नेपाल बन्दको घोषणा गरेका हुन् । भोलिको नेपाल बन्द शक्तिशाली हुने बताइएको छ ।

You might also like
Loading...