बर्दियाको विभिन्न क्षेत्र तथा समुदायको विकासको लागि समाजसेवी रावलद्वारा आर्थिक सहयोग

0 323

बर्दिया । समाजसेवी विनय रावलले आर्थिक रुपले विपन्न नागरिकलाई अौषधी उपचार गर्न र स्थानीय कला संस्कृतिको प्रबर्द्धनका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

हिजो एक कार्यक्रमका बीच खसान सास्कृतिक बिकास संस्था र प्यारा लाईसिसकाे  बिरामीलाई स्वास्थ्य उपचारका लागि ३२१००/- नगद सहयोग गर्नुभएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नं.१ मा रहेकाे खसान साँस्कृतिक बिकास संस्था डुम्रेनिलाई बिबिध संस्कृतिकाे संरक्षण, सम्वर्दन तथा सामाजिक कार्यलाई टेवा पुग्ने उदेश्यले समाजसेवी  रावलले रू.२२,१००/-(बाईस हजार, एक सय) नगद हस्तान्तरण गरी सहयोग गर्नु भएकाे छ ।

त्यसैगरी ठाकुरबाबा नगरपालिका वार्ड नं.२ बलाति गाउँ बस्ने बर्ष ४१ का जित बहादुर थारू बिगत १/२ बर्ष देखि प्यारा लाईसिसकाे बिरामी भई शरिरकाे आंशिक भाग नचल्ने भएकाे र निजकाे आर्थिक अवस्था अत्यन्तै दयनिय रहेकाे हुँदा निजकाे स्वास्थ्य उपचार सहजताका लागि उहाँले रू१०,०००/-(दश हजार) नगद सहयोग गर्नु भएकाे छ ।

You might also like
Loading...