नवलपरासीमा शंकास्पद वस्तु कुकर बम फेला

0 279

नवलपरासी । पूर्वपश्चिम लोकमार्ग अन्तरग बर्दघाट–४ को शिवकोलोनी नजिकै खहरे खोलाको पुलमा शंकास्पद कुकर बंम फेला परेको छ ।

स्थानीय बासिन्दाका अनुसार पुल नजिकै मुख्य सडकमा बंम फेला परेपछि त्यहाँ सुरक्षाकर्मी तैनाथ गरिएको छ ।उक्त स्थान अहिले प्रहरीको टोलीले घरेको छ ।

पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले बर्दघाटमा शंकास्पद वस्तु भेटिएको प्रहरीको टोलीले घटना स्थलको सुरक्षा दिएको बताए । नेपाली सेनाको बम डिस्फोजल टोली बोलाइएको उनले बताए ।

चुनावको मुखमा शंकास्पद वस्तु राखिएकोले उक्त बस्तु मोहन वैद्य नेतृ्त्वको नेकपा क्रान्तिकारी माओवादीले राखेको हुन सक्ने अनुमान गरिएको छ ।

You might also like
Loading...