अर्घाखाँचीबाट नेकपा (क्रान्तिकारी माओवादी)का दर्जनौं नेता गिरफ्तार

0 181

अर्घाखाँची । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अर्घाखाँचीको सन्धिखर्कबाट चुनाव बहिष्कार अभियानको क्रममा नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेहरुमा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश समिति सचिव भुपेन्द्र न्यौपाने, केन्द्रीय सदस्य लक्ष्मी चौलागाईं,केन्द्रीय सदस्य टिकाराम पौडेल लगायत रहनु भएको छ ।

नेकपा(क्रान्तिकारी माओवादी) ले देशका बिभिन्न जिल्लाहरुमा निर्वाचन बहिष्कार अभियान तीब्र बनाएको छ । त्यसैक्रममा पार्टीको लुम्बिनी प्रदेश समितिले संचालन गरेको चुनाव बहिष्कार अभियान अन्तर्गत आज अर्घाखाँचीमा संचालन भइरहेको कोणसभालाई हस्तक्षेप गरि प्रहरीले नेताकार्यकर्ता पक्राउ गरेको हो ।

You might also like
Loading...