कपिलवस्तुमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

0 157

कपिलवस्तु । आज नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का कपिलवस्तु जिल्ला सदस्य एवं थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य रामविलास थारुको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित सिउटीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेको रहेको थियो । नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम धनेश्वर पोख्रेल , थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष रामजी थारु, नेकपा (मशाल) का नेता हिमलाल वाग्ले र नेकपा (बहुमत) नेता शेरमान लगायतका नेताहरूले अतिथ्यता ग्रहण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता कपिलवस्तु जिल्ला सचिव कमल उप्रेतीले गर्नु भएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा शोक मन्तव्यको क्रममा पिवीएम भुपेन्द्र न्यौपानेले रामविलासको दु:खद निधनले नेकपा (क्रान्तिकारी माओवादी ) पार्टीमा मात्र नभई सिङ्गो कम्युनिस्ट आन्दोलनमा नै अपूरणिय क्षती पुगेको बताउनु भयो । यस शोकको घडीमा शोकलाई शक्तिमा बदल्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढेको खण्डमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने कुराको आत्मसात गर्नै पर्ने बताउनु भयो । साथै, परिवारको तर्फबाट आशिष थारु र अन्य विभिन्न राजनीतिक पार्टीका नेताहरुले शोक मन्तव्य राख्नु भयो भने उक्त श्रद्धाञ्जली कार्यक्रमको संचालन नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य ज्ञानीराम पुरीले गर्नुभएको थियो ।

You might also like
Loading...