बाँकेमा क्रान्तिकारी माओवादी र बहुमतद्वारा सहिद  परिवारलाई सम्मान कार्यक्रम संचालन

0 254

बाँके।  नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत )ले संयुक्तरूपमा बाँके जिल्ला अन्तरगतका विभिन्न ठाउँमा सहिद परिवारलाई सम्मान  कार्यक्रम संचालन गरेका छन । त्यसैगरी आज खजुरा गाउँपालिकामा पनि उक्त कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सहिद परिवारलाई सम्मान कार्यक्रम सागर बि.क.को अध्यक्षता,प्रेम थापाको प्रमुख आतिथ्यता , हरि न्यौपानेको आतिथ्यता र तपेन्द्र न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

सो पार्टीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सम्पुर्ण सहिदहरुको सम्झनामा विभिन्‍न कार्यक्रम गर्दै आएको छ ।

सहिद तथा वेपत्ता याेद्धा परिवारसँग भेटघाट अन्तर्क्रिया गर्ने, काेणसभा, जनसभा, संगठन विस्तार, भेला लगायतका कार्यक्रमसँगै सहिद सप्ताहलाई क्रान्तिकारी माओवादीले संघर्षकाे रुपमा मनाउने गरेको एक नेताले जनपथ खबरलाई बताए ।

जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । तत्कालिन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो ।

You might also like
Loading...