सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे ८ दलको ध्यानाकर्षण

शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने  चेतावनी

0 122

काठमाडौं । आठ दलको बैठकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा बसेको थियो ।

शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने आठ दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी चेतावनी दिएका छन ।

उक्त बैठकमा सर्वोच्च अदालतले जनयुद्धकालीन मुद्दा दर्ता गरेर हेर्ने विषयमा एक भएर प्रतिवाद गर्ने समझदारी भएको छ । आठ दलको संयुक्त प्रेस विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकार संग जोडदार माग गरिएको छ ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा ९क्रान्तिकारी माओवादी० का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, ‘प्रकाण्ड’ ,नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’,नेकपा ९माओवादी समाजवादी०का अध्यक्ष, कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका नारायणप्रसाद धिमाल रहेका छन् ।

You might also like
Loading...