गीता स्मृति फाउन्डेसनको पहिलो अधिबेशन तथा पुरस्कार वितरण कार्यक्रम

0 110

गीता स्मृति फाउन्डेसनले घोराही-३ गोग्लीमा पहिलो अधिबेशन तथा साधारणसभा गरेको छ । त्यस अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समिति सदस्य केबि गुरुङले समाजको सांस्कृतिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि गिता बन्जाडेले पुर्‍याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा रहेका उहाँले गिताको योगदानलाई जिबन्त राख्न यस फाउन्डेसनले महत्वपूणर् भुमिका खेलेको बताउनुभयो । त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समिति सदस्य हिरामणी दुःखीले गिता बन्जाडेको जिबनगाथा बारे चर्चा गर्नुका साथै पुरुष प्रधान मुलुकमा महिलाको योगदानको कदर कमै हुने गरेको बताउनुभयो ।

उहाँले गीताको सम्मानमा फाउन्डेसन दर्ता गरेर विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनु भएकोमा त्यसले समाजमा नयाँ संस्कृतिको विकास गर्न मद्दत पुर्‍याएको बताउनुभयो ।

त्यस कार्यका लागि फाउन्डेसनमा महत्वपूणर् भुमिका खेल्ने सिङ्गो कार्यसमिति तथा ब्यक्तिगत रुपमा नरेन्द्र बन्जाडेलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना समेत दिनुभएको हो । फाउन्डेसनका अध्यक्ष नरेन्द्रबहादुर बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता बिक्रम, नेकपा माओबादी केन्द्रका घोराही नगर समिति सदस्य सुमन रोका मगर, घोराही -३ का वडा सदस्य सुखराम चौधरी, माबि डाडागाउँका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद खनाल, माबि झिङनीका प्रधानाध्यापक बिष्णु प्रसाद शर्मा, रात्री प्राबि बेलुवाका प्रधानाध्यापक लक्ष्मीमान चौधरी लगाएतले मन्तव्य  राख्नुभएको हो ।

कार्यक्रममा तिला चौधरी, एलिशा शर्मा, मनिशा सुनार र युनिशा चौधरीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । अधिवेशनले नरेन्द्र बहादुर बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको सचिवमा ईश्वरीप्रसाद गैरे, कोषाध्यक्ष कोपिला बन्जाडे, सदस्यहरुमा सुशीला आचार्य, निरुता वली, सिर्जना बेल्बासे, तिलक बिक, सोबिता कार्की र देवा बिष्ट सर्वसम्मतबाट चयन हुनुभएको छ ।

कार्यक्रममा फाउन्डेसनका सदस्य सुशीला आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण फाउन्डेसनका सचिब ईश्वरीप्रसाद गैरेले गर्नु भएको हो ।

You might also like
Loading...