हैदरावादले गर्यो राजस्थानलाई पराजित

८ अंक सहित तालिकाको पाँचौ स्थानमा

0 595

बर्दिया । आईपीएल क्रिकेटमा राजस्थानको आठ विकेटले हैदरावादसंग पराजय भएको छ । अहिले हैदराबाद ८ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

टस जितेर व्याटिङ लिएको राजस्थानले १५५ रनको लक्ष्य हैदरावादलाई दिएको थियो । उक्त लक्ष्य हैदरावादले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै भेट्टाएको हो।​

हैदरावादको जितका लागि दोय: मनिस पाण्डेय र विजय शंकरले १४० रनको साझेदारी अर्धशतकीय खेल खेलेका हुन।                                                                           हैदरावादका दुबै विकेट राजस्थानका खेलाडी जोफ्रा आर्चरले लिएका थिए ।राजस्थानले ११ खेलबाट चार खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको सातौं स्थानमा रहेको छ।

You might also like
Loading...