विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो:जो बाइडन

0 341

अन्तर्राष्ट्रिय । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन्।

बाइडनले आफ्नो समूहको घोषणा गर्दै भनेका छन्, ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।’

यदि अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्ने छिन् भने अलेहान्द्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनी प्रमुख हुने छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन्।

तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्‍याइ रहेका छन्।

ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ। यो समाचार सामाग्री BBC नेपालीबाट साभार गरिएको हो ।

You might also like
Loading...