नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिले गर्यो चरणबद्व रुपमा संघर्ष गर्ने घोषणा

संसदीय ब्यवस्थाको विकल्प संघीय जनगणतन्त्र हुने निष्कर्ष

0 521

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)लुम्बिनी प्रदेश समितिले चरणबद्व रुपमा संघर्षका कार्यक्रम गर्ने घोषणा गरेको छ।

यहि पुस ५ गतेका दिन पार्टीका प्रदेश इन्चार्ज/सचिव प्रमोदको अध्यक्षता र पार्टीका महासचिव क. किरणको प्रमुख अतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको ह‍ो । साथै संसदीय ब्यवस्था असफल भएकोले अबको विकल्प संघीय जनगणतन्त्र हुने जनाइएको छ ।

आइतबार बाँकेको जीगाउँमा बसेको लुम्बिनी प्रदेशस्तरिय बैठकले अब संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन नसक्ने र अबको विकल्प संघीय जनगणतान्त्रिक सरकार हुने निष्कर्ष निकालेको छ। तसर्थ बैठकले समस्त क्रान्तिकारी देशभक्त तथा प्रगतिशील संघ संगठन र व्यक्तिहरुलाई आन्दोलनमा संगठित हुन अनुरोध गरेको छ ।                                                                                                उक्त बैठकले भ्रष्टाचारी,दलाल,कालोबजारी,तस्कर र जनविरोधीहरुको विरुद्धमा जनप्रतिरोध संघर्ष गर्दै वर्ग संघर्षलाई उत्कर्षमा पुर्याउने निर्णय गरेको छ ।  जस अनुसार चैत्र ५ गते जनपरिचालन सहित नेपालगन्जमा,चैत्र १५ गते भालुवाङ र चैत्र २४ गते बुटवलमा केन्द्रीकृत विरोध सभा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सोही बैठकले नयाँ नेतृत्व चयन गरेको छ । लुम्बिनी प्रदेश समितिका इन्चार्ज र सचिव प्रमोदले सचिव पदबाट राजिनामा दिए पश्चात् उक्त राजिनामा स्वीकृत गरि रिक्त सचिव पदमा क.सकुललाई नियुक्ति गरिएको उक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसैगरि बाँके,बर्दियाको इन्चार्जमा क. अर्जुन चयन हुनुभएको छ ।

You might also like
Loading...