दाङमा नेकपा (क्रान्तिकारी माअोबादी)क‍ो भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

संघिय जनगणतन्त्र" को एजेन्डा गाउँ गाउँमा लगेर जान कार्यकर्ताहरुलाई अपिल

0 358

ईश्वरी प्रसाद गैरे
दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोबादी) दाङ जिल्ला समिति को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका पिविएम एवं लुम्बिनी प्रदेश सेक्रेटरी संकुल को प्रमुख अतिथि तथा जिल्ला इञ्चार्ज समिरको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथिले बर्तमान राजनीतिक घटनाहरु नियाल्दै राज्यब्यबस्था नै खराब भएकोले देशमा राजनीतिक सङ्कट निम्तिने गरेको ,अहिलेको मध्यावधि निर्बाचन यसैको परिणाम भएको बताए ।

सँसदिय ब्यबस्था सङ्कटमा परेर असफल भएकोले सँसदिय पार्टीहरुबिच अापसि खिचलो बढेको ,राष्ट्र राष्ट्रियता भन्दा पनि ब्यक्तिगत स्वार्थ कुर्सीका वरपर घुमेको कारणले देशमा संसदिय धार नै असफल भएको कुरा बताए । प्रशिक्षण कै क्रममा नेताहरुले बर्तमान डब्बल नेकपा भित्रको अान्तरिक कलहले गर्दा त्यो पार्टीका नेताहरू कोही सडकमा कोही सरकार रहेकोले यिनिहरुको भण्डाफोर गर्न “संघिय जनगणतन्त्र” को एजेन्डा गाउँ गाउँमा लगेर जान कार्यकर्ताहरुलाई अपिल गरे ।

बर्तमान समय क्रान्तिकारीहरुका लागि सुनौलो अबसर भएकोले शहर बाट गाउँ गाउँमा पुगेर भ्रष्ट भ्रष्टाचारको , राष्ट्र राष्ट्रियता का पक्षमा अान्दोलन अाधिबेहरी सृजना गर्न अपिल गर्दै अगाडि बढन अाब्हान गरे । सडकमा देखिएका विभिन्न खाले अान्दोलनबाट देश अगाडि बढन नसक्ने ठोकुवा गर्दै अबको राजनीतिक एजेन्डा जनबादी क्रान्ति सम्पन्न गरि “संघिय जनगणतन्त्र””बाट मात्रै अाम शोषित पिडित उत्पिडित बर्गको मुक्ति हुने कुरामा जोड दिदै पार्टी सदस्यहरु गाउँ गाउँमा पुग्नुपर्ने कुरामा जोड दिए ।

दाङ जिल्ला सेक्रेटरी सरल को अध्यक्षतामा भएको भेलाले परिवर्तनको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।सल्लाहकार समिति ५ जना चयन गरेको छ । पार्टीका जिल्ला सचिवालय सदस्य अबिरल शर्माले स्वागत तथा जिल्ला सचिवालय सदस्य नवीनले कार्यक्रम सञ्चालन गरेका थिए।

You might also like
Loading...