राजनीति सम्पत्ति बटुल्ने अड्डा होइन:ठेक्का पट्ठा गर्नुस पैसा कमाउने भए

0 510

-धर्मानन्द भट्ट( गजल)                                                                          स्वागत छ नि तिमी यतै आउने भए।
किन पो नाइ भन्नू मन लगाउने भए।

यो कस्तो अचम्मको लोकतन्त्र रहेछ,
चुनाव हारेकाहरू सत्ता चलाउने भए।

लम्पटहरू खाली स्वार्थ मात्रै खोज्ने
जागिर छैन कोलाहल मच्चाउने भए।

मिल्ने र छुट्टिने अंक गणित थाहा छ,
तिमीहरू उफ्रिन्छौ पद नपाउने भए।

कस्ता नेता जन्मिएछन यो नेपालमा,
जता पद र पैसा त्यतैतिर धाउने भए।

राजनीति सम्पत्ति बटुल्ने अड्डा होइन,
ठेक्का पट्ठा गर्नुस पैसा कमाउने भए।

You might also like
Loading...