जसले स्वार्थका लागि घर सम्म जलाउन सक्छ, उसैबाट किन नेपाली परिवर्तनको आस गर्दछन्

0 414

– धर्मानन्द भट्ट                                                                            उनीहरु प्रायः देखिदैनन् जो काम खास गर्दछन्।
अधिकांस औकात नहुनेहरूले बकबास गर्दछन्।

जसले स्वार्थका लागि घर सम्म जलाउन सक्छ,
उसैबाट किन नेपाली परिवर्तनको आस गर्दछन्।

भनिन्छ बसन्तले सबै दु:ख कष्टको अन्त्य गर्छ,
मन बहलाउने काम पनि यहीँ मधुमास गर्दछन्।

दुनियाँमा मैले नबुझेको एउटा कुरा अनौठो छ,
सोझाहरूले सधैँ किन धुर्तलाई विश्वास गर्दछन्।

यो देशमा मुस्कुराउनु अपराध मानिन्छ महासय,
तर पनि कोपिलाहरू मुस्कुराउने प्रयास गर्दछन्।

बाँचुञ्जेल सारै महङ्गा गाडीमा सयर गर्छ मान्छे,
अन्तिम यात्राका साधन हुने हरियो बाँस गर्दछन्।

You might also like
Loading...