अदालतको फैसला उल्टाउदै नेकपा (क्रान्तिकारी माओवादी),अन्त: भु-माफियाले फिर्ता गरे कब्जा गरेको जग्गा

0 608

बर्दिया । नेकपा क्रान्तिकारी माओवादी बर्दियाले अदालतको फैसला उल्टाउदै भु- माफियाले कब्जा गरेको जग्गा किसानलाई फिर्ता गराएको छ ।
बर्दिया जिल्ला अदालतका जिल्ला न्यायाधीश श्री दिल प्रसाद सापकोटाको फैसलाले मिति २०७६ मंसिर ०९ गते भु-माफियाकै पक्षमा फैसला सुनाए पछि लाल विहारी थारू(पिडित)ले जनअदालतमा निवेदन दिएपछि उक्त मुद्दाको छानबिन गरि नेकपा क्रान्तिकारी माओवादीले भु – माफियाबाट किसानलाई जग्गा फिर्ता गराएको हो ।

बारबर्दिया न.पा. वडा नं. ९ बस्ने बर्ष ६२ का निज पिडित थारूको (साविक) धधवार गाविस वडा नं. ३ को कि.न. ९६६ र सोही ठाउँको कि. न. ९६५ को जग्गालाई एउटै कि. न. मा राखि वर्गमिटरमा दर्ता गर्न मालपोतमा मेरो चिनजानको मान्छे छन र काम छिटो ,छरितो र सस्तोमा गराई दिने प्रलोभनमा पारी लिखित तयार पारिदिने व्यक्तिको मिलोमतोमा आफुलाई झुक्याएर जग्गा दृष्टिबन्धक गरिएको पिडितले जनपथ खबरसंग बताएका छन ।

उक्त जग्गा दृष्टिबन्धक राखि घर खर्च गर्न बापत रू१००००००कर्जा लिएको भनी अदालतमा मुद्दा दिने गुलरिया न.पा. वडा नं. ७ बस्ने बर्ष ३९ का दिर्घ नारायण भुषालले अन्त: नेकपा क्रान्तिकारी माअोवादी निकटको जनअदालत समक्ष अाफुबाट भएको त्रुटिलाई स्वीकार्दै अदालतको निर्णयलाई बदर गरि  कब्जा गरेको जग्गा दृष्टिबन्धकबाट फुकुवा गरि सोही पिडितलाई फिर्ता गरेका छन।

You might also like
Loading...