भेरी अस्पताल माफियाको कब्जामा ,नागरिकको उपचारमा आलटाल

कर्मचारीलाई मस्ति,बिरामीलाई सास्ती

0 572

बाँके । लुम्बिनी प्रदेश अन्तरगत बाँके जिल्ला नेपालगन्जमा संचालित भेरी अस्पताल दलाल र माफियाको कब्जामा रहेको सेवाग्राहीले बताएका छन्।

यश अस्पतालमा आमनागरिकलाई माफियाले उपचार गर्न आलटाल गरि राज्यले दिने सेवा सुबिधाबाट बन्चित गराई राजनीति प्रभावमा प्रदुषित बनाईरहेको सर्बसाधारणको गुनासो रहेको छ ।

लोकतान्त्रिक मुल्यमान्यता र पद्धतिलाई वेवास्त गरि मनोमानी ढङ्गले भेरी अस्पताल बिरामीको उपचारमा लापरबाही गरिरहेको छ । चिकित्सकले बिरामीलाई आईसियुमा राख्नुपर्ने निर्देशन दिदा पनि त्यहाँको प्रशासनले ३ दिन पछि आउने बिरामीको लागि भन्दै तत्काल वेड खालि छैन भनी नागरिकको उपचारमा ढिलासुस्ती गरिएको छ ।

आफुले गरेका गल्ती,कमि कमजोरीलाई ढाक छोप गर्न कोभिड १९ लाई कारण देखाउदै आफ्नो जिम्मेवारीबाट भेरी अस्पताल पछि हटिरहेको छ।                               ‘सरकारी अस्पतालमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाई काम गर्नसक्ने अवस्था नै छैन, जहाँ गयो त्यहीँ भ्रष्टाचार हुन्छ’, ‘सारा माफियाको सञ्जाल फैलिएको छ, जहाँ गए पनि दलाललाई नसमाती  उपचार गर्न सकिँदैन, सबै निजी तथा सरकारी स्वास्थ्य चौकी देखि ठुला अस्पताल सम्म दलालहरूले कब्जा गरेका छन्।’

You might also like
Loading...